दुइ खान संगै अक्षय टप टेन सुचिमा


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

फोर्ब्स पत्रिकाले विश्वका सबैभन्दा बढी कमाइ गर्ने अभिनेताको सूची सार्वजनिक गरेको छ । यो सूचीमा बलिउडका तीन खानमध्ये दुईको नाम समावेश गरेको छ । गत वर्ष बलिउडको सबैभन्दा सुपरहिट फिल्म‘दंगल’ दिएका आमिर खानको नाम यो सूचीमा छैन ।

यो वर्ष ‘ट्युबलाइट’ र ‘जब हेरी मेट सेजल’ जस्ता फ्लप फिल्म गरेका सलमान खान र शाहरुख खानको नाम यो सूचीमा अटेको छ ।

सलमान र शाहरुखसँगै यो सूचीमा तेस्रा बलिउड स्टारका रूपमा अक्षय कुमारको नाम छ । ‘रईस’ र ‘जब हेरी मेट सेजल’ जस्ता चलचित्र दिएका शाहरुख खानको नाम यो सूचीमा आठौँ स्थानमा छ । सलमानले नवौँ स्थान पाएका छन् । यस्तै यसै वर्ष ‘जोली एलएलबी–२’ र ‘टोइलेटः एक प्रेम कथा’ जस्ता हिट फिल्म दिएका अक्षय कुमार सूचीको १० औँ स्थानमा छन् ।