डन्डीबियोको ठ्याक लगाउन किन चुके खगेन्द्र ?


सेलिब्रेटी नेपाल काठमाडौँ
डन्डीबियोको विषय वस्तु उत्कृष्ट भएपनि पटकथा लेखनमा भने निर्देशक छेतेन र खगेन्द्र धैरै ठाँउमा चिप्लीएका छन

अभिनेता तथा पटकथा लेखक खगेन्द्र लामिछानेले अभिनय गरेको चलचित्र ‘डमरुको डण्डीबियो’ यतीवेला सिनेमा हलमा चलिरहेको छ । यो चलचित्रले अपेक्षाकृत व्यापार गर्न नसके पनि दर्शक र चलचित्रकर्मीले राम्रौ भनिरहेका छन । जस कारण माउथपब्लीसिटीले दर्शक बढ्ने आशामा निर्माण टिम रहेको छ । चलचित्र रिलीजको दिन शुक्रबार यातायात व्यावसायीको बन्दका बाबजुद पनि चलचित्रको ओपनिङ्ग व्यापार राम्रो रहेको बताइन्छ ।

‘डमरुको डन्डीबियो’ नेपाली मौलीक कथा हो । यसले एक समयको नेपालमा खेलिने चर्चित राष्ट्रिय खेल डण्डीबियोको कथा उठान गरेको छ । यसले पनि खगेन्द्रलाई चिनाउँदै आएको उनको फरक चलचित्रको पहिचानलाई थप उचाई दिएको छ । तर चलचित्रको कथा वस्तु राम्रो हुँदा हुँदै पनी चलचित्रलाई जसरी निर्माण गर्न सकिन्थो अनि त्यो उचाई पाउनबाट भने उनी चुकेका छन । निर्देशक छेतेन गुरुङ्गको निर्देशकिय पाटो पनि प्रशंसा योग्य छैन । उनी आफै पनि रम्रो लेखक हुन यति हुँदा पनि उनले यउटा उत्कृष्ट सिनेमा निर्देशनमा भने चुकेका छन । डन्डीबियोको विषय वस्तु आफैमा उत्कृष्ट भएपनि पटकथा लेखनमा भने निर्देशक छेतेन र खगेन्द्र धैरै ठाँउमा चिप्लीएका छन ।

नेपालमा स्पोर्ट ड्रामा चलचित्र एकदमै थोरै मात्र निर्माण हुन्छन । त्यसै भित्रको एक उत्कृष्ट चलचित्र डण्डीबियो बन्न सक्नु पर्थो तर त्यसो हुन सकेन यसो हुनुमा खगेन्द्रले कथा बस्तुलाई छोडेर आफु हिरो बन्ने चक्करमा चलचित्रको पटकथा कमजोर भएको छ । चलचित्रको सवै ठाँउमा खगेन्द्र आफै हिरो बन्न खोजेको भान हुन्छ ।

एउटा स्नातकोत्तर गरेको केटा डन्डीबियोको पुनःस्थापीत गर्न गाँउ फर्किन्छ । गाँउमा उसले डन्डीबियो खेल्ने टिम बनाउँन गर्ने सर्घषको कथा आफैमा राम्रो र स्भाविक छ । साथै उसले गाँउमा डन्डीबियो खेलेको कसैलाई मन पर्दैन । जसको सवैभन्दा ठुलो अन्तरदन्द्ध निकै रोचक तरिकाले उठाएको छ । जुन हेर्दा दर्शकलाई स्भाविक पनि लाग्छ । तर डम्बरले डण्डीवियो खेलको लागी आफ्नी प्रेमिका माला, साथी मुखियालाई आफ्नो टिममा ल्याउन र डण्डीबियो खेल्नका लागी कन्भिन्स् गर्न निकै पापड बेल्नु पर्ने हुन्छ । सवैलाई कन्भिन्स गरेर गाँउमै बाबु छोरा बिच डण्डीबियोको म्याच आयोजना हुन्छ । जुन म्याचमा छोराको टिमले बाबुको टिमसंग हार्छ । म्याच हराउनमा डम्बरले आफ्नी प्रेमिका माला बाबुसँग मिलेको आफुलाई म्याच हराएको आभाष गरेर डम्बर सहर फकिन्छ । र बाबुको सपना पुरा गर्न लोकसेवा आयोगको तयारी गर्न थाल्छ । त्यसपछि हुने एकपछि अर्को घटनाक्रम दर्शकर्ला अस्भाविक लाग्दै जान्छ । सिनेमाले बाटो विराउँछ । तर चलचित्रमा नराम्रो मात्रै होइन राम्रो पक्ष पनी थुप्रै छन ।

चलचित्रको कथा अनुसारको हरी हुमागाईको छायाँकन उत्कृष्ट लाग्छ । चलचित्रमा प्रयोग भएका ड्रोन सटले हिमालको काखमा रहेको गाँउलाई अझै सुन्दर देखाएको छ । चलचित्रमा प्रयोग गरिएको व्याकराउन्ड म्युजीक तारिफयोग्य छ । कथा अनुसारमा पात्र फिट देखिएकाछन । चलचित्रका मुख्य कलाकार खगेन्द्र बाहेक । त्यसैले सिनेमाले दर्शकमा जुन उत्साह पैदा गनु पर्ने हो त्यो हुन सकेको छैन । तरपनी नथाँ कथावस्तु र फरक स्वादका चलचित्र रुचाउने दर्शकका लागी डण्डबियो मनोरञ्जनको खुराक बन्न सक्छ ।