केशु गुरुङको ‘बुकी फूल’ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

निर्भाना कला केन्द्रको प्रस्तुतिमा बनेको ‘बुकी फूल’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै गीतको भिडियो सार्बजनिक गरिएको हो । दुर्गा गुरुङ,केशु गुरुङ,कुम गुरुङ र लक्ष्मी राना मगरको आवाजमा रहेको उक्त गीतलाइ रेशम गुरुङ र केशु गुरुङले लेखेका हुन् । सार्बजनिक गीतमा रेशम गुरुङको संगीत रहेको छ । पर्सन गुरुङले निर्देशन गरेको भिडियोलाइ शक्ति प्रज्वल घिमिरेले छायांकन र सम्पादन गरेका हुन् । सार्बजनिक भिडियोमा केशु गुरुङ,बिष्णु बिर थापा,टेक गुरुङ,छाउ बहादुर गुरुङ,र टार्जन गुरुङको अभिनय रहेको छ ।

भिडियो सार्बजनिक कार्यक्रममा संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझी प्रमुख अतिथिका रुपमा रहेका थिए । कार्यक्रममा भिडियो निर्माणको क्रममा सहयोग गर्नेहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।