केकी अधिकारीले भेटिन नौ डाँडा पारी अस्ट्रेलियामा आफ्नो प्रेमी (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

कला र संगीत मोह भनेको लागि सके पछी छुट्दै नछुट्ने मोह हो । नेपाल रहंदा होस् काम बिसेषले विदेश बस्दा होस् निरन्तर संगीतमा लागि रहने नाम हो टिका दाहाल उनि लामो समय देखि अस्ट्रेलिया बस्दै आएका छन् । अस्ट्रेलिया बस्दा पनि उनि निरन्तर संगीत शृजनामा लागि रहेका छन् । प्रतिभाशाली व्यक्तित्व टिका संगीत गर्छन शब्द पनि कोर्छन र कहिलेकहीं आफ्नो स्वरमा गाउने पनि गर्दछन ।

टीका दाहालको शब्द तथा संगीत रहेको सुमधुर गीत नौ डाँडा पारीको भिडियो सार्बजनिक गरिएको छ। आघा लामाको स्वर रहेको गीतमा नायिका केकी अधिकारी र दीपक परियारको अभिनय रहेको छ । आघा लामाकै सांगेत संयोजन रहेको गीतको भिडियो उत्कृस्ट बनेको छ। अस्ट्रेलियामा नै छायांकन गरिएको भिडियोलाई जीवन रसाइलीले छायांकन निर्देशन तथा सम्पादन गरेका छन् । भिडियोमा अंकितले राम्रो तरिकाले ड्रोन अपरेट गरेका छन् । नौ डाँडा पारी भएकी मायालुको बर्णन गरिएको गीतको भिडियो पनि गीत अनुसारकै कन्सेप्टमा बनाईएको छ ।