केकी अधिकारी गाउँ पालिकामा


सेलिब्रेटी नेपाल काठमाडौँ

स्थानिय निकायको पहिलो चरणको निर्बाचन सकियर दोश्रो चरणको तयारि हुँदै गर्दा गाँउपालीकाको बिषयमा पनि चलचित्र निर्माण हुने घोसना भएको छ ।
राज्य पुर्न संरचना भए सँगै छाएको अन्यौल अवस्थामा जनतालाई नयाँ स्थानीय तहहरुबाट हुने बिभिन्न कामको जानकारी दिने उद्धेश्यले यो चलचित्र निर्माण हुन लागेको हो । ७० मिनेट अवधिको रहने चलचित्र २५ लाखको लागतमा निर्माण हुनेछ । चलचित्रमा रवि गिरी, नायिका केकी अधिकारी, गौरब पहाडी लगायत कलाकारको अभिनय रहने कार्यक्रममा जानकारी दिइयो । रिर्पोटस क्लब दाङमा मंगलबार अयोजना गरिएको एक कार्यक्रममा कलाकार तथा निर्माता निर्देशक सरोज ओलीले चलचित्रको बिषयमा बिभिन्न जानकारी गराए ।