कभर संगस कम्पिटिसनका बिजेतालाई नगद पुरस्कार प्रदान


सेलिब्रेटी नेपाल काठमाडौँ

‘केबीए ग्लोबल जुनी जुनी लाइ अनलाइन कभर संगस कम्पिटिसन २०७५’ को बिजेता तथा उप बिजेतालाई पुरस्कार प्रदान गरिएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कभर कम्पिटिसनका बिजेता लाइ पुरस्कार प्रदान गरिएको हो । संगीतकार टिका दाहालको संगीत तथा बिष्णुबाबु देबकोटाको शब्द रचनामा नेपाल आइडलका टप बार्हमा पुग्न सफल गायक राहुल बिश्वाश र गायिका सन्ध्या जोशीको स्वरमा रहेको जुनी जुनी बोलको गीतको कभर कम्पिटिसन आयोजना गरिएको थियो । कम्पिटिसनमा बिजेता हुन सफल झापाकि मुना सोरेन र उप बिजेता हुन सफल इटहरीका सपन श्रेष्ठलाइ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो ।

बिजेताले नगद पचास हजार र उप बिजेताले नगद पच्चीस हजार प्राप्त गरेका छन् । उक्त पुरस्कार कम्पिटिसनका निर्णायक कमल खत्री,गीतका शब्द रचनाकार बिष्णुबाबु देबकोटा,गायिका सन्ध्या जोशी र केबीए ग्लोबलका मेनेजर ओम बहादुर कार्कीको हातबाट प्रदान गरिएको हो । बिजेता र उप बिजेतालाइ एक एक वटा गीत रेकर्ड गराईदिने पनि उक्त कार्यक्रममा जानकारी गराइयो।

लामो समय देखि अस्ट्रेलियामा बस्दै आएका संगीतकार टिका दाहालको संगीतमा बनेको गीत निर्माणमा अस्ट्रेलियामा नै बस्दै आएका गणेश अधिकारी र प्रकाश ढुंगानाले सहयोग गरेका छन् । कभर कम्पिटिसनका लागि पुरस्कारको प्रायोजन केबीए ग्लोबल एजुकेसन एण्ड माइग्रेसनले गरेको हो । केबीए ग्लोबल एजुकेसन एण्ड माईग्रेसनले युवा तथा प्रतिभा भएका कलाकारहरु लाई प्रोत्साहन गर्दै आइरहेको छ ।अस्ट्रेलियाको सिड्नी,डार्विन,पेर्थ अनि फिलिपिन्स र नेपालमा काठमाडौँ,चितवन,बुटवल,नेपालगंज,पोखरा र बनेपामा कार्यालय संचालनमा छन् । छिट्टै मेलबर्नमा र ब्राजिलमा पनि कार्यालय खुल्न लागेको ग्लोबल हेड बिजनेस डिपार्टमेन्ट रोशन क्षेत्रिले जानकारी गराए ।