दोस्रो हप्तामा ‘कायरा’ कति कमायो पहिलो हप्ता ?


सेलिब्रेटी नेपाल काठमाडौँ
नायक आर्यन सिग्देल र साम्रज्ञी राज्यलक्ष्मी शाह स्टारर चलचित्र ‘कायरा’ प्रर्दशनको दोस्रो हप्तामा प्रवेश गरेको छ । चलचित्रले पहिलो र दोस्रो दिन वर्ष कै ठुलो ओपनिङ कलेक्सन गर्ने चलचित्र बनेको छ । पहिलो दिन ६० प्रतीशत अकुपेन्सी रहेको चलचित्र ले शनिबार दिवा शोमा शतप्रतीशत अकुपेन्सी कायम गर्न सफल भएको थियो ।

‘कायरा’को नेपाल रिलिजमा प्राय दर्शक र चलचित्रकर्मीले स्लो र लेन्दी भएको प्रतिक्रिया दिएका थिए । चलचित्रको विशेष शोमा पनि अधिकांशलेचलचित्रको यहि पक्षमा खोट लगाए । अभिनेता आर्यनले दुवई उड्दै गर्दा यस विषयमा मुख खोलेका छन् । उनले भने दर्शकाले ‘कायरा’को शुक्रबारबाट नयाँ भर्सन हेर्न पाउने बताए । आर्यनले भने दर्शकलाई सिनेमाको फ्ल्यास ब्याक बुझ्न गाह्रो भएको बताए । उनले भने, ‘जय र कायराको नेपालमा बढेको सम्बन्ध र त्यो सम्बन्ध फिलिपिन्समा कन्टिन्यू भएको कुरा बुझ्न दर्शकलाई गाह्रो भएको पाइएको छ । कति दर्शकलाई चलचित्र स्लो पनि लागेको पाएँ ।’

यो हप्ताबाट एडिटेड र दर्शकले पूर्ण रुपमा बुझ्ने भर्सनमा चलचित्र हलमा आउँछ, आर्यनले भने । उनले टेक्निकल प्रोब्लमका कारण हलमा पुरानो भर्सन प्रयोग गर्नु परेको बताए । उनका अनुसार, २ घण्टा २१ मिनेटको चलचित्र अब २ घण्टा ५ मिनेटको हुनेछ ।

वितरक सुनिल मानन्धरका अनुसार ‘कायरा’ ले एक हप्तामा १ करोड ५५ लाख बराबर कारोबार गरेको छ । कायराले पहिलो दिन शुक्रबार ३५ लाख, दोस्रो दिन शनिबार ६३ लाख, आइतबार १५ लाख, सोमबार ११ लाख, मगंलबार १० लाख, बुधबार ९ लाख, बिहिबार ८ लाखको हाराहारीमा कारोबार गरेको छ ।

चलचित्रका निर्देशक लक्ष्मण रिजाल हुन् । चलचित्रमा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय रहेको छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा रहेका छन् ।