‘कायरा’ जोडी आर्यन र साम्राज्ञी पोखरा पुग्दा……


सेलिब्रेटी नेपाल काठमाडौँ

आगामी शुक्रबार अर्थात् साउन १८ गते बाट प्रदर्शन हुने चलचित्र कायराको निर्माण युनिट यतिबेला प्रचारप्रसारका लागि देश दौडाहमा रहेको छ । सोहि अवसरमा पोखरामा पनि चलचित्र युनिटले आफ्नो चलचित्रको प्रचारप्रसार गर्यो । चलचित्रका मुख्य दुई अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहको उपस्थितीमा चलचित्र टिमले बाईक र्याली सहित प्रचारप्रसार गरेको हो । शनिबार गरिएको बाईक र्याली पश्चात चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नायक आर्यनले ‘कायरा’ प्रेम कथामा आधारित चलचित्र भएको बताए ।

यो एक विशुद्ध प्रेम कथामा बनेको चलचित्र हो , यसमा अन्य सामाजिक सन्देश पाउनु भन्दा पनि चलचित्रले मनोरञ्जन प्रदान गर्नेमा आफु ढुक्क रहेको उनले बताए। चलचित्रकी नायिका साम्राज्ञीले आर्यन दाई संग काम गर्न रमाईलो महशुष भएको बताउदैं कायरा माया सहित सबै राम्रो पक्षको कथा समेटिएको चलचित्र भएको बताईन । चलचित्रका निर्देशक लक्ष्मण रिजालले एक पटक हलसम्म पुगेर ‘कायरा’ लाई माया गरिदिन दर्शकलाई आग्रह गरे । आर्यन होम्स प्रोडक्सनमा निर्माण भएको चलचित्रमा लेखन पनि आर्यनकै रहेको छ । रिजालकै लगानी रहेको चलचित्रमा आर्यन र साम्राज्ञी अलावा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको । फिलिपिन्स र नेपालको रमणीय ठाँउमा छांयाकन गरिएको चलचित्रको ट्रेलर सहित दुई गीत सुखमा र यो त माया हो सार्वजनिक गरिसकिएको छ ।