प्रियंका र प्रमोदको रातको कुरा रोमान्टिक भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

संचारकर्मी संगीता श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘कथा काठमाण्डू’ को पहिलो गीत सार्बजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘रातको कुरा…’ बोलको गीत सार्बजनिक गरिएको हो प्रदीप बास्तोलाको शब्द तथा संगीत रहेको गीतमा गायिका इन्दिरा जोशीको स्वर रहेको छ । गीतमा गायिका जोशी पनि देखिएकी छन् । अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरी फिचर्ड गीतको भिडियोमा यी दुईले भरपुर इन्टिमेट सिन दिएका छन् ।

निर्देशक संगीता श्रेष्ठ स्वयंको कोरियोग्राफी रहेको भिडियोमा कलात्मक रुपमा प्रियंका र प्रमोदलाई उतार्न उनी सफल छिन् । ‘कथा काठमाण्डू’ ले तीन फरक कथा बोल्ने र तीनै कथाको एकअर्कासँग कनेक्सन रहेको निर्देशक बताउँछिन् । चलचित्रमा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका रहेको छ । विजय राइको निर्माणमा तयार भएको यो चलचित्रमा लुजा सिंहको छायांकन रहेको छ । चलचित्र असोज १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने छ ।