दर्शकलाई धन्यवाद दिन ‘कान्छी’ स्वेता काठमाडौँ बाहिर


सेलिब्रेटी नेपाल काठमाडौँ

गत शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘कान्छी’ले प्रदर्शनको दोस्रो साता तय गरेको छ । दोश्रो सातामा प्रवेश गरे संगै ‘कान्छी’ टिम दर्शक भेटघाट गर्न तथा दर्शक प्रतिक्रिया लिन काठमाडौँ बाहिरको यात्रामा निक्लिएको छ । अभिनेत्री तथा निर्मात्री श्वेता खड्का, अभिनेता विनोद न्यौपाने, दीलिप पन्तसहितको टोली हेटौडा, चितवन, बुटवलसम्मको यात्रामा निस्किएको खड्काले बताइन । ”कान्छी लाई राजधानी र राजधानी बाहिरका दर्शकले राम्रो साथ दिनु भएको छ त्यसैले सम्पुर्ण दर्शकलाई धन्यवाद दिन हाम्रो टिम मोफसल यात्रामा निस्किएको हो ” उनले भनिन्।

चलचित्रमा श्वेता र विनोदका अलावा दयाहाङ राई, निर शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, प्रज्वल सुजल गिरी, अनु शाह, भूमिका श्रेष्ठ लगायतका कलाकारले अभिनय रहेको छ । श्वेता खड्काले निर्माण गरेको चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन । सफलताका साथ पहिलो साताको यात्रा पार गरेको चलचित्र दोस्रो सातामा पनि ८० बढी पर्दामा प्रदर्शन भई रहेको वितरक गोपाल कायस्थले बताए । ‘कान्छी’को पहिलो साताको व्यापारिक रिर्पोट भने सार्वजनिक गरिएको छैन ।