कान्छी आजबाट देशभर प्रदर्शनमा


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेत्री स्वेता खड्काको निर्माण तथा अभिनय रहेको चलचित्र ‘कान्छी’ आज बाट प्रदर्शनमा आएको छ ‘कान्छी’ झन्डै ६० वटा हल पाएको छ भने मल्टिप्लेक्समा पनि राम्रो शो मिलेको छ । ‘चरी चट्ट परि’ र ‘ए कान्छी’ गीतको लोकप्रियताले पनि ‘कान्छी’ ले दर्शकको राम्रो साथ पाउने देखिएको छ । चलचित्रमा अभिनेत्री श्वेता खड्का (कान्छी) र अभिनेता दयाहाङ राई (हिरा) को प्रमुख भूमिका रहेको छ । रिलिज अगावै लगानी सुरक्षित भइसकेका कारण चलचित्रको कलेक्सनले आफूलाई धेरै ठूलो अर्थ नराख्ने श्वेताको भनाई रहेको छ । उनी पहिला झैँ अहिले पनि दर्शकको साथ उतिक्कै मिल्नेमा विश्वस्त छिन् ।

चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । ग्रामीण भेगकी कान्छीको कथा बोल्ने चलचित्र लाइ पुरुषोत्तम प्रधानले खिचेका हुन् । चलचित्रमा अनु शाह, प्रज्जवल सुजल गिरी,कामेस्वर चौरसिया,आशन्त शर्मा,निर शाह र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ । शैलेश खड्का निर्माता रहेको चलचित्रमा रविन खड्का सह-निर्माताको रुपमा रहेका छन् ।