‘कान्छी’लाई दर्शकको राम्रो साथ ! सफल बन्यो स्वेताको कम्ब्याक


सेलिब्रेटी नेपाल काठमाडौँ

स्वेता खड्काको निर्माण तथा अभिनय रहेको चलचित्र ‘कान्छी’ ले दर्शकको राम्रो साथ पाएको छ । शुक्रबार देशभरका हलमा ६५ प्रतिशत दर्शक पाएको चलचित्रले शनिबार लगभग सबैजसो हल भरि दर्शक पाउन सफल रह्यो। चलचित्रको दर्शक प्रतिक्रिया लिन शनिबार राजधानीका मुख्य हलहरुमा चलचित्रको टिम पुगेको थियो । जहाँ दर्शकले ‘कान्छी’ मन परेको भन्दै कलाकारसँगै ‘जय कान्छी’ भन्न भ्याए । जुन माहोलमा निर्मात्री एवं अभिनेत्री श्वेता खड्का खुसि देखिएकी थिइन्।

‘गोपीकृष्ण हलको दिवा सोजमा चार पर्दा हाउसफुल भएपछी दर्शक टिकट नपाएपछी बाहिरै बस्न बाध्य भए । ‘कान्छी’को यो व्यापार सुपरहिट हो ।’ वितरक गोपाल कायस्थले भने । ‘कान्छी’को दर्शक प्रतिक्रिया लिन श्वेतासँगै दयाहाङ राई, प्रज्वलसुजल गिरी र निर्देशक आकाश अधिकारी पनि हल परिसर पुगेका थिए । शुक्रबार राजधानीमा सम्पन्न प्रेस सोबाट ‘कान्छी’ले सकारात्मक प्रतिक्रिया पाएको थियो ।

आकाश अधिकारी निर्देशित चलचित्रले प्रदर्शन अगावै लगानी सुरक्षित गरिसकेको छ ।श्वेतासँगै शैलेश खड्का र रविन खड्काको लगानी रहेको चलचित्रमा निर शाह कामेश्वर चौरसिया, अनु शाह, आशान्त शर्मा र भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ ।