कान्छी बनेकी स्वेताको चरी चट्ट परि १ करोड पटक हेरियो


सेलिब्रेटी नेपाल काठमाडौँ

नायिका तथा निर्मात्री श्वेता खड्का द्वारा निर्मित चलचित्र ‘कान्छी’ मा समाबेश चरी चट्ट परि बोलको गीतको भिडियो लाइ यु ट्युबमा दर्शकले १ करोड पटक हेरेका छन् चरी चट्ट परि नेपाली चलचित्रको गीतहरु मध्ये पछिल्लो समयको सर्बाधिक रुचाईएको गीत हो । सार्बजनिक गीत र ट्रेलरको लोक प्रियताको कारण चलचित्र कान्छी प्रतिक्षित चलचित्र बनेको छ । राजनराज शिवाकोटीको संगित तथा स्वर रहेको गीतमा राजनराजलाई अन्जु पन्तले स्वरमा साथ दिएकी छन् । सार्बजनिक गीतमा दयाहाङ राई र श्वेता खड्काले कम्मर मर्काएकाछन् ।

निर्देशक आकाश अधिकारीले कान्छी निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ र श्वेताका अलावा कामेश्वर चौरसिया, आशान्त शर्मा, निर शाह, अनु शाह, प्रज्वल सुजल गिरी, बिनोद न्यौपाने, भूमिका श्रेष्ठ लगायतको अभिनय रहेको छ । चलचित्रमा राजनराज सिवाकोटी,अर्जुन पोखरेल र शम्भुजित बासकोटाको संगीत, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, हिमाल केसीको द्वन्द, बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ ।