नेपाली ठिटो सुनिल अब निर्देशक पनि (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

जी टी.भी.को रियालिटी शो डान्स इन्डिया डान्सको सिजन २०१३ मा धमाका मचाउन सफल सुनिल क्षेत्रिले शाहरुखको फिल्म ह्याप्पी न्यु इएरमा अभिनय पनि गरि सकेका छन् उनै सुनिल क्षेत्रि हाल नेपालमा आफ्नै टिम नेपाली ठिटोज बनाएर दर्जन भन्दा बढी भिडियोमा अभिनय र कोरियोग्राफी गरि सकेका छन् । कोरियोग्राफीमा जमेका र अनुभव संगालेका क्षेत्रि म्युजिक भिडियो निर्देशक पनि बनेका छन् । सुनिल भन्छन ‘म डान्स र कोरियोग्राफी मा नै जम्ने हो मेरो प्रमुख पाटो भनेकै डान्स र कोरियो ग्राफी हो कसैको अफर लाइ टार्न नसकेर मात्र निर्देशक बनेको हो’ । प्रमोद खरेलको लाइ देउ न मायाले बाट उनि अवार्डमा समेत नोमिनेसनमा परेका छन्।

गायक सुसन स्यम्सोंग लिम्बुको आवाजमा रहेको तिम्रै लाग्छ पिर बोलको गीतको म्युजिक भिडियोलाइ सुनिल क्षेत्रिले कोरियोग्राफी तथा निर्देशन गरेका छन् ।नरेश भट्टराईको शब्द रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ माला लिम्बु लाइ फिचर गराईएको भिडियो लाइ अर्जुन तिवारीले छायांकन गरेका हुन् भने बिकाश ज्वालीले सम्पादन गरेका हुन्।