कलाकार संघको निर्वाचन यहि असोज २७ गते


सेलेब्रिटी नेपाल
गत मंगलबार दश दिने निर्वाचन कार्यतालिका सार्वजनिक गरेको चलचित्र कलाकार संघको निर्वाचन मण्डलीले निर्वाचनमा उठ्ने सम्पूर्ण उम्मेदबारको नामावली सार्वजनिक गरेको छ । यहि असोज २७ गते १७ सिटका लागि हुने निर्वाचनका लागि ३४ जनाको नामावली प्रस्तावक र समर्थक सहित सार्वजनिक गरिएको हो । सार्वजनिक नामावली मध्ये दश साधारण सदस्यका लागि २० जनाको उम्मेदवारी परेको छ भने अध्यक्षमा सविन बाँस्तोला र नवल खड्काको उम्मेदवारी छ । अध्यक्ष पदमा उठ्न लागेका नवलको प्रस्तावक संघका अध्यक्ष रमेश बुढाथोकी छन् भने समर्थक कृष्ण मल्ल । यस्तै सविनको प्रस्तावक विनोद कुमार श्रेष्ठ छन् भने समर्थक चेतबहादुर सिहं रहेका छन् ।
यसैगरी दुई उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ भने महासचिव सचिव र कोषाध्यक्ष पदका लागि दुई-दुई जनाको उम्मेदवारी छ । यस्तै सह-कोषाध्यक्ष अन्र्तगत अभिनेत्री निशा अधिकारी आज नै उक्त पदका लागि निर्विरोध बिजयी भएकी छिन् ।