काजीको घोडामा सवार स्वस्तिमा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

आजभन्दा चालिस बर्ष अघिको एक साँझको घटनामा आधारित म्यूजिक भिडियो ‘काजीको घोडा’ सार्वजनिक गरिएको छ । जंगलको बाटो हिँडिरहेकी युवतीको खुट्टामा ढुंगाले काटेपछि हुने प्राथमिक उपचार र उनलाई लिन आउने काजीको घोडामा आधारित भिडियोमा स्वस्तिमा खड्का र भिमफेदी गाईजको अभिनय रहेको छ ।

तत्कालिन राजा विरेन्द्रको समाचार रेडियो नेपालबाट बज्दै गरेको आवाजसहित शुरु हुने भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् । रामचन्द्र थापाको संगीत तथा भुबन सिवाकोटी चौघरेका शब्द रहेको गीतमा रामकृष्ण निरौलाको स्वर रहेको छ । निर्देशक सुवेदीले भिडियोको प्रस्तुतीलाई अलिक फरक शैली दिन खोजेको बताए ।

गीतको भिडियोमा भिमफेदी गाईजले कोरियोग्राफी गरेका छन् भने अनिल के. मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन छ । भिडियोमा अतिथी कलाकारको रुपमा जुना सुन्दास र सञ्जु शाह रहेका छन् ।