कहीं कतै पोस्टरमा दिलिपको साथमा सिवानी र सोनम


सेलिब्रेटी नेपाल काठमाडौँ

श्रावण २५ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘कहिँ कतै’का तीन अफिसियल पोस्टर सार्बजनिक गरिएका छन् । पोस्टरमा नायक दिलीप रायमाझीको साथमा नव-कलाकारद्वय सिवानी गिरी र सोनम बरफुङ्गपालाई प्रमूख स्थान दिईएको छ भने एक पोस्टरमा नायक किशोर खतिवडा र नायिका तथा निर्मात्री उमा ‘बेबी’ गिरीलाई समेटिएको छ ।

सिवानी र सोनमले यहि चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेका हुन् । सिक्कीम स्थायि घर भएकी नव-नायिका गिरी मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी थिइन् । हाल उनले अन्य दुई छायांकनरत नेपाली चलचित्रमा अभिनय गरिरहेकी छिन् ।

शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । चलचित्रका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ । अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा बाबु श्रेष्ठको छायांकन रहेको छ ।

शबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको ‘कहिँ कतै’का पोस्टर टौवा क्रियशनले तयार पारेको हो । चलचित्रलाई काठमाण्डौ उपत्यकामा रिच इन्टरटेन्मेण्ट र उपत्यका बाहिर एफडि कम्पनीले वितरण गर्दैछन् भने डिजिटल वितरण हाईलाईट्स नेपालले गरेको छ ।