कहीं कतै ट्रेलर दिलिप र किशोरको साथमा सिवानी र सोनमको डेब्यु


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेत्री उमा गिरिको निर्माणमा बनेको चलचित्र ‘कहीं कतै’को ट्रेलर सार्बजनिक गरिएको छ । उमा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र मार्फत नायिका सिवानी गिरि र सोनम बार्फुन्गाले डेब्यु गर्दै छन्। शबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कहीं कतै’लाइ बाबु श्रेष्ठले छायांकन गरेका हुन् भने अर्जुन जी.सी.ले सम्पादन गरेका छन । चलचित्रमा दिलिप रायमाझी,किशोर खतिवडाको पनि मुख्य भूमिका रहेको छ। कमल राइ र कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रको प्रदर्शन मिति भने सार्बजनिक गरिएको छैन ।