चलचित्र ‘कहीँ कतै’ ट्रेलर सार्बजनिक,दिलीपको आँखामा आँशु किन ? (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

श्रावण २५ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘कहीँ कतै’को अफिसियल ट्रेलर सार्बजनिक गरिएको छ । ट्रेलरमा नव कलाकारद्वय सोनम बरफुङ्गपा र सिवानी गिरीसँगै नायक दिलीप रायमाझी, किशोर खतिवडा, उमा ‘बेबी’ गिरी लगायतलाई समेटिएको छ ।ट्रेलरले चलचित्र केहि रोमान्टिक त केहि वियोगको कथामा रहेको प्रष्ट पारेको छ । नायक रायमाझीका आँखामा आँशु छचल्किएको छ । सोनम र सिवानीको प्रेमकथासँगै पीडा पनि ट्रेलरमा पाईन्छ ।

सिवानी र सोनमले यहि चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेका हुन् । सिक्कीम स्थायि घर भएकी नव-नायिका गिरी मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी थिइन् । हाल उनले अन्य दुई छायांकनरत नेपाली चलचित्रमा अभिनय गरिरहेकी छिन् । शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । चलचित्रका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ । अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा बाबु श्रेष्ठको छायांकन रहेको छ । शबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको यस चलचित्रलाई काठमाण्डौ उपत्यकामा रिच इन्टरटेन्मेण्ट र उपत्यका बाहिर एफडि कम्पनीले वितरण गर्दैछन् भने डिजिटल वितरण हाईलाईट्स नेपालले गरेको छ ।