‘झ्यानाकुटी’ ट्रेलर सार्बजनिक बेनिशाले किन बोकिन् सौगात लाइ ? (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नायिका निशा अधिकारीले निर्माण गरेको चलचित्र ‘झ्यानाकुटी’को ट्रेलर सार्वजनिक गरिएको छ ।मंगलवार राजधानीमा औपचारिक कार्यक्रमको आयोजना गरेर सार्बजनिक गरिएको हो । कमेडी जनरामा बनेको चलचित्र ‘झ्यानाकुटी’को ट्रेलरमा पनि कमेडी सम्बादले स्थान पाएको छ । ट्रेलरमा नायक सौगात मल्ल र नायिका बेनिशाको जोडी राम्रै जमेको छ । मङ्सिर १ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘झ्यानाकुटी’लाइ निर्देशक सिमोस सुनुवारले निर्देशन गरेका हुन् । ट्रेलर रिलिज कार्यक्रममा बोल्दै नायिका तथा निर्मात्री निशा अधिकारीले सबैको सहयोगबाट ‘झ्यानाकुटी’लाई राम्रो बनाउन सकेको बताइन् । चलचित्रमा नायिका निशाको अभिनय भने देख्न पाइने छैन ।

ट्रेलर रिलिज कार्यक्रममा सौगात र बेनिशासहित सम्पूर्ण कलाकार चलचित्रमा देखिने गेट अपमा उपस्थित भएका थिए । चलचित्रको फस्ट लुक पोष्टरमा नायिका बेनिशाले सौगात मल्ललाई काँधमा बोकेकी थिइन् । पत्रकारको आग्रह स्वीकार गर्दै बेनिशाले पत्रकार सम्मेलनमै सौगातलाई काँधमा बोकिन् ।

‘झ्यानाकुटी’मा सौगात र बेनिशाका अलावा पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निर्देशक स्वयम् सिमोसले सम्पादन गरेको चलचित्रमा सनिश सुनवार र विकास चौधरीको संगीत रहेको छ ।