झमक बहादुर ‘मृग नयनी’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

साउन १८ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘झमकबहादुर’ मा समाबेश ’मृग नयनी तिम्रो आखाँमा’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्बजनिक गीतमा मेलिना राई र ओम सुनारको स्वर रहेको छ भने शब्द तीर्थ दामली टुप्पीले लेखेका हुन् । गीतमा ओम सुनारको संगीत रहेको छ। जीवन थापाको नृत्य निर्देशन रहेको यस गीतमा कलाकारहरू मीन कुमार तामाङ र सुजाता थापा फिचर्ड छन्।

यूवि फिल्मस् ग्यालरी र दियालो इन्टरनेन्मेन्टको प्रस्तुतीमा बनेको चलचित्रमा अनुपविक्रम शाही, यादव देवकोटा ‘सरापे’, राजु कमेडी, सुजता थापा, मिनकुमार तामाङ लगायतका कलाकार मुख्य भूमिकामा रहेको छ। चलचित्र ‘झमक बहादुर’ भोमन कटुवालले निर्देशन गरेका हुन्।