‘जय शम्भु’ टीजर सार्वजनिक ! अनुप र प्रशान्त बर्षाको लागि जुद्दै


सेलिब्रेटी नेपाल काठमाडौँ

अनुप विक्रम शाही र प्रशान्त ताम्राकार स्टारर चलचित्र ‘जय शम्भु’ को अफिसियल टीजर सार्वजनिक गरिएको छ । टीजरमा एक्सन दृश्य बढी मायाप्रेमका दृश्य कम समाबेश गरिएको छ । सार्बजनिक टिजरमा अभिनेता द्वय अनुप बिक्रम र प्रशान्त ताम्राकारलाइ एङ्ग्रि लुक्स्म बढी देखाईएको छ । टिजरबाट अभिनेत्री वर्षा शिवाकोटीको लागि द्वन्द भइ रहेको अनुमान लगाउन सकिन्छ ।

रुपेश तामाङ निर्देशित ‘जय शम्भु’ अनुप,प्रशान्त,वर्षाको अलावा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ । चलचित्रमा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द, टंक बुढाथोकीको संगीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको ‘जय शम्भु’ को निर्मातामा अरविन्द्र शाक्य रहेका छन् ।

काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा खिचिएको चलचित्र एक्सन लभस्टोरी जनरामा निर्माण भएको प्रस्तुतकर्ता दिनेश शाहीले बताएका छन् । चलचित्र भदौ १ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ ।