फुलपतिको दिन बाट ‘जय भोले’ यस्तो छ पोस्टर


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘जय भोले’ को पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको पोस्टर संगै प्रदर्शन मिति पनि सार्बजनिक गरिएको छ चलचित्र असोज ३० अर्थात फुलपातीको दिनबाट सार्बजनिक प्रदर्शनीमा आउनेछ । शनिबार ‘छक्का पञ्जा ३’ले ट्रेलर रिलिजसँगै प्रदर्शन मिती सार्वजनिक गरेसँगै ‘जय भोले’ले पनि आफ्नो प्रदर्शन मिती र अफिसियल पोस्टर सार्वजनिक गरेको हो ।

अशोक शर्माले १२ वर्ष पछि निर्माण तथा निर्देशन गरेको चलचित्रको सार्वजनिक पोस्टरमा चलचित्रका सम्पूर्ण मुख्य कलाकारलाई स्थान दिइएको छ । चलचित्रको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् ।चलचित्रमा उनी प्रमुख भूमिकामा रहेका छन् । स्वस्तिमा खड्का, सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

किरन शर्मा, कृति शर्मा र अंकित शर्माको निर्माण रहेको चलचित्रको ‘उम्लियो भने पोखिन्छ’ गीत हिट भइसकेको छ । झापा र ईलाममा खिचिएको ‘जय भोले’ मा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको द्वन्द रहेको छ ।