फूलपातीमा रिलिज हुने चलचित्र ‘जय भोले’ को टिजर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ

पुराना कलाकार,निर्माता तथा निर्देशक अशोक शर्माको नयाँ चलचित्र ‘जय भोले’ को टिजर सार्वजनिक गरिएको छ । सार्बजनिक टिजरमा सबै पात्रको लुक्स र चलचित्रको कथासार देखाउने प्रयास गरिएको छ । खगेन्द्र लामिछाने उनका यस अघिका चलचित्रमा भन्दा केहि फरक देखिएका छन् ।

दुई मित्रको मित्रता र प्रेमलाई देखाइएको ‘जय भोले’ मार्फत शर्मा झन्डै १७ वर्षपछी निर्देशनमा फर्किएका हुन् । खगेन्द्र लामिछाने ले लेखेको ‘जय भोले’ मा खगेन्द्रसँगै सौगात मल्ल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सलोन बस्नेत, जयनन्द लामा, राजाराम पौडेल, बसुन्धरा भुषाल लगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको छ ।

झापा र इलामको रमणीय दृश्यमा छायांकन गरिएको ‘जय भोले’ दशैंको फूलपातीमा रिलिज हुनेछ । एए ग्रुप अफ कम्पनिज र फिल्म वल्र्ड प्रा.लिले संयूक्त रुपमा निर्माण गरेको चलचित्रमा किरण शर्मा, कृति शर्मा र अंकित शर्मा निर्मातामा रहेका छन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशन विक्रम भट्टराई द्वन्द रहेको छ ।