‘जय भोले’ आज बाट प्रदर्शनमा


सेलिब्रेटी नेपाल काठमाडौँ

बिजय दशमीको अवसर पारेर आज फूलपातीको दिन बाट चलचित्र ‘जय भोले’ ले प्रदर्शन आरम्भ गरेको छ । गीत र ट्रेलरले राम्रो प्रतिक्रिया पाएको चलचित्र ‘जय भोले’ ले मल्टिप्लेक्समा राम्रो सोज पाएको छ । देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले राजधानीमा सञ्चालित आफ्ना ५ वटा हलबाट चलचित्रलाई प्रदर्शनको पहिलो दिन कुल २४ सोज उपलब्ध गराएको छ । प्रदर्शनको दोस्रो दिन अर्थात् बुधबार पनि चलचित्रलाई पहिलो दिनकै संख्यामा सोज प्राप्त भएको छ ।

चलचित्रले राजधानीका अन्य मल्टिप्लेक्स क्यूज, बिग, एफक्यूब, सिने डी सेफ, विएसआरमा पनि उच्च सोज पाएको छ । निर्माण पक्षले रिलिजसँगै चलचित्रले सोज बढाउँदै लग्ने विश्वास राखेको छ । ‘छक्का पञ्जा ३’ को वर्चश्वबीच पनि चलचित्रले मंगलबार सिंगल स्कृन ७० भन्दा बढी पाउने निर्माण टिमबाट जानकारी प्राप्त भएको छ ।

यो चलचित्रले दुई साथीबीचको आत्मीयता र प्रेमको कथा भन्छ । चलचित्र लाई अशोक शर्माले निर्देशन गरेका हुन् । चलचित्रको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रमा उनी प्रमुख भूमिकामा छन् । स्वस्तिमा खड्का, सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ । किरन शर्मा, कृति शर्मा र अंकित शर्माको निर्माण रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन,राजनराज शिवाकोटी संगीत राजु ढुंगानाको सम्पादन रहेको छ । चलचित्रमा समावेश गितमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ ।