जापानी चलचित्र काठमाडौँमा


माघ ७ गते-आफ्नो मुलुकको संस्कृति, समाज र जनजीवन प्रवद्र्धनको ध्येयले जापानी दूतावासले बिहीबारदेखि राजधानीमा जापानी फिल्म फेस्टिभल गर्ने भएको छ ।नेपाल पर्यटन बोर्डमा हुने महोत्सवको उद्‌घाटन ‘सुदो गर्ल’ फिल्मबाट हुने छ भने महोत्सव अवधिभर ‘हाचिको’, ‘क्यान यु सी आवर लाइट ?’, ‘वाटर व्वाइज’, ‘लाइट अफ निप्पोन’, ‘ह्याप्पी फ्लाइट’, लगायत ९ फिल्म देखाइने बताइएको छ ।
अंग्रेजी सब– टाइटल समेत रहने यी फिल्म मध्ये छानिएर आगामी फेब्रुअरीमा पोखरामा एकदिने महोत्सव गर्ने समेत दूतावासले जनाएको छ ।