अभिनेत्री जल शाहलाई मातृ शोक !


सेलिब्रेटी नेपाल काठमाडौँ

एक समयकी चर्चित अभिनेत्री जल शाहलाई मातृ शोक परेको छ । उनकी ७५ बर्षिय आमा प्रेमा शाहको बिहिवार अमेरिकाको साल्ट लेक सिटीस्थित ईन्टर माउन्टेन हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।

प्रेमा चर्चित साहित्यकार हुन् । आमाको चाहना अनुसार नै जलले अभिनयमा पाईला टेकेकी थिइन् । कुनै समय सिनेमा क्षेत्रमा लोकप्रिय अभिनेत्रीको ट्याग पाईरहेकी जल विवाह गरेर अमेरिका हानिएकी थिइन् । प्रेमा पनि जलसँगै अमेरिकामै रहँदै आईरहेकी थिइन् । प्रेमाको निधनमा सिनेमाकर्मिले गहिरो समवेदना तथा श्रद्धाञ्जली व्यक्त गरेका छन ।