‘इन्टु मिन्टु लण्डनमा’को मोफसल टुर देखियो साम्राज्ञी क्रेज


सेलिब्रेटी नेपाल काठमाडौँ

असोज ५ गतेबाट प्रदर्शजमा आउने चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ टिम यतीवेला मोफसल टुरका क्रममा इटहरी पुगेको छ । चलचित्र प्रदर्शन मिती नजिकिएसँगै यसको निर्माण टिम प्रचार प्रसारमा तिव्र गतीमा लागी परेको छ । चलचित्र टिम झापाको बिर्तामोड, दमक बिराटनगर, धरान हुँदै इटहरी पुगेको हो । ‘इन्टु मिन्टु लण्डनमा’ टिमले इटहरीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।

सार्वजनिक गीत संगीत र ट्रेलरबाट चर्चामा रहेको चलचित्रलाई मोफसलका दर्शकबाट पाएको प्रतिक्रियाले आफुलाई चलचित्र सफल हुनेमा विश्वास बढेका निर्देशक रेनेशा वान्तवा राई बताइन् । चलचित्रमा कथा भन्दा पनि मेकिङमा बढि मेहनत गरेको उनको भनाई छ । यता चलचित्रकी मुख्य पात्र इन्टु अर्थात् साम्राज्ञीले आफु पहिलो पटक पुर्वी नेपालको टुरमा आएको बताइन । आफुलाई सिनेमाको कथा मन परेकाले काम गरेको भन्दै सिनेमाको प्रचार सामाग्री गीत संगीत र ट्रेलरबाट पाएको प्रतिक्रियाले अझ उत्साहित भएको उनको भनाइ छ ।

यस्तै ‘इन्टु मिन्टु लण्डनमा’बाट डेव्यु गरेका नायक धिरज मगरले पनि पुर्वी नेपाल पहिलो पटक आएको बताए । आफुले पोखरा, काठमाडौं धेरै पटक घुमेको भएपनि पहिलो पटक ‘इन्टु मिन्टु लण्डनमा’ निर्माण टिमले नेपाल टुर गराएकोमा निर्देशक र टिमलाई धन्यबाद दिए । धिरजले भने आफुले ‘इन्टु मिन्टु लण्डनमा’बाट यती धेरै चर्चा पाउनेमा आजसम्म नसोचेको भन्दै यो चर्चा र सफलताले आगामी दिनमा आफुले अझ धेरै मेहनत गर्नु पर्ने चुनौती थपिएको सुनाए ।

सफल कोरियोग्राफरको रुपमा चिनिएकी रेनेशा वान्तवा राईले निर्देशनमा डेव्यु गर्दैछिन् । आइकोर सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रभु शमसेर जबरा र प्रज्वल शमसेर जबराले मिलेर निर्माण गरेका हुन् । सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर, शारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुषण पाठक, रुबी राणा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।