‘इन्टु मिन्टु लण्डनमा’ को दोश्रो गीत लन्डनमा सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

असोज ५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को दोश्रो गीत सार्बजनिक गरिएको छ सार्बजनिक लण्डनम बोलको गीतमा सुजिल कर्माचार्यको शब्द तथा स्वर रहेको छ । सार्बजनिक गीतको कम्पोजमा क्रेडिट नविन किशोर राई र कुमार बस्नेत लाई दिइएको छ। कोरियोग्राफर रेनेशा बान्तवा राईले निर्देशन गरेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ आईकोर फिल्मस्को व्यानरमा प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराले निर्माण गरेका हुन् । चलचित्रको यस अघि सार्वजनिक टिजर र गीत बाट दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

लण्डनमा छायांकन गरिएको सिनेमाको गीतमा उत्कृष्ट कोरियोग्राफी हेर्न पाइन्छ । चलचित्रका मुख्य कलाकार धिरज मगर र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिचर्ड गरिएको छ । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’मा शैलेन्द्र डि कार्कीको छायांकन, कृष्ण भण्डारीको सम्पादन रहेको छ । चलचित्रमा साम्राज्ञी र धिरजका अलावा शारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, रुबी राणा, विवेक लिम्बु, सुनिता श्रेष्ठ ठाकुर लगायतका कलाकारको अभिनय रहेको छ ।