२०औं ‘इमेज अवार्ड’ उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक


सेलिब्रेटी नेपाल
काठमाडौँ ।
ईमेज च्यानलद्वारा दुई दशक अघि देखि वार्षिक रुपमा आयोजना गर्दै आएकोे राष्ट्रकै सांगीतिक वृत्तको सबैभन्दा ठूलो अवार्डको २०औं संस्करण ‘इमेज अवार्ड’ का लागि विभिन्न १८ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ ।

सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरी प्रत्येक विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । उत्कृष्ट पाँचमध्येबाट विजेता छनोट गरी यही असोज २० गते अवार्ड वितरण गरिने छ ।

नेपाली सांगीतिक क्षेत्रको उत्थान, संगीतमै समर्पित संगीतकर्मीहरुको सम्मान र प्रोत्साहन एवं गुणात्मक श्रीवृद्धिको लागि ईमेज च्यानलले शुरुवाती दिनदेखि नै अहम् भूमिका निर्वाह गर्दै गीत, संगीत र साधकहरुलाई बढी उत्साही बनाउने उद्देश्यका साथ संगीत उद्योगको व्यवसायीकरणमा समेत टेवा पुर्‍याउँदै आएको छ ।

विगतका बर्षहरुमा झैं यस वर्ष पनि गीत, संगीत, रचनालगायत म्यूजिक भिडियो र पब्लिक च्वाइस अवार्ड समूह गरि जम्मा १८ विधाका उत्कृष्ट ५–५ मनोनयन सार्वजनिक गरिएको हो । यस पटक २०७४ साल असार १ गतेदेखि २०७५ साल जेठ मसान्तसम्म सार्वजनिक भई दर्ता भएका नेपाली गीत र म्यूजिक भिडियोलाई मनोनयनमा समावेश गरिएको छ । १७ विधाका मनोनयनहरुलाई नेपाली सांगीतिक क्षेत्रका विज्ञहरुबाट मुल्यांकन गरिएको र सोही ५ मध्येबाट उत्कृष्ट चयनको लागि प्राविधिक मत संगीत क्षेत्रका विज्ञहरुबाट नै लिइने जनाइएको छ ।

यसपटक पनि मात्र एक विधा ‘पब्लिक च्वाइस अवार्ड’को लागि एसएमएस भोटिङ खुल्ला गरिएको छ । यस विधामा जसले सबैभन्दा बढी एसएमएस भोट प्राप्त गर्छ, सोही गीतलाई विजेता घोषित गरिने जनाइएको छ । यसका साथै गीत संगीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई ‘ईमेज लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गर्न लागिएको छ ।

यसैगरी उर्जा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई यसपालि ‘पर्सनालिटी अफ दि इयर’ विशेष सम्मान प्रदान गर्न लागेको पनि जनाइएको छ ।

मनोनयनमा पर्ने हरुको सुची यसप्रकार रहेको छ

सर्वोत्कृष्ट गायन (पुरुष)
क्र.सं गीतको वोल गायक/गायिका
१. आँशुको अर्थ… शिव परियार
२. कुसुम… हेमन्त शर्मा
३. जाऊ तिमी… कर्मा ग्याल्जेन बोमजन
४. मधुर मिलन… सत्यराज आचार्य
५. जून ताराको…. अजर जंगम

सर्वोत्कृष्ट गायन (महिला)
क्र.सं गीतको वोल गायक/गायिका
१. म आगो बोकेर… वानिका प्रधान
२. नरोऊ तिमी… निखिता थापा
३. पखेटा… प्रविशा अधिकारी
४. तिम्रै नाउँमा… निशा देसार
५. वन फुल… दुर्गा परियार

सर्वोत्कृष्ट गायन पप (पुरुष)
क्र.सं गीतको वोल गायक/गायिका
१. मन मगन… दिपक बज्राचार्य
२. हुरी आयो… उल्सन श्रेष्ठ
३. ठुलदाजु… पुष्पन प्रधान
४. तिमी हिँड्ने… सुगम पोखरेल
५. जाउँला रेलैमा… कमल खत्री

सर्वोत्कृष्ट गायन पप (महिला)
क्र.सं गीतको वोल गायक/गायिका
१. तिमीलाई छुँदै… आकांक्षा बस्याल
२. मन चरी… श्रेया सोताङ
३. सिरसिरे बतासले… निखिता थापा
४. माया लुकी लुकी… टिका प्रसाई
५. कान्छा हौ… प्रमिला राई

सर्वोत्कृष्ट गीत रचना
क्र.सं गीतको वोल रचनाकार गायक/गायिका
१. वन फुल… रमेश बि.जी दुर्गा परियार
२. यो ऐना भनाउँदो… आनन्द अधिकारी सुजाता उपाध्याय मानन्धर/राज सिग्देल
३. नाम बिना… राखी गौचन सुरज कुमार थापा
४. आमा… एम.डि. फिराक स्वरुपराज आचार्य
५. जून ताराको… नारायण गौतम अजर जंगम

सर्वोत्कृष्ट समूह वा युगल गायन
क्र.सं गीतको वोल गायक/गायिका/समूह
१. रेलिमाई… इन्दिरा जोशी/आर्जन पाण्डे
२. तिम्रो अँगालोको कसम… तारा प्रकाश लिम्बु/मेमोरी लिम्बु लावती
३. कहाँ बिरायौ बाटोहरु… सुरज कुमार थापा/वानिका प्रधान
४. हावा घरैमा… पुजन लोहागन/अनुपमा प्रधान
५. फेरी उठ्नेछ नेपाल… प्रोजेक्ट वान

रेडबुल सर्वोत्कृष्ट नव कलाकार
क्र.सं गीतको वोल गायक/गायिका
१. हुरी आयो… उल्सन श्रेष्ठ
२. दोबाटोमा… रिना अधिकारी
३. छामी हेरन… सुवास चन्द्र जोशी
४. कान्छा हौ… प्रमिला राई
५. माथि माथि… वविना किराँती

सर्वोत्कृष्ट संगीत
क्र.सं गीतको वोल संगीतकार गायक/गायिका
१. नरोऊ तिमी… हरि लम्साल निखिता थापा
२. तिरि किति ताका… सागर राज विश्व नेपाली
३. छोरी अन्माउँदा… सुरेश अधिकारी अधिश्री कश्पाल
४. जाऊँला रेलैमा… कमल खत्री कमल खत्री
५. खालि हुँदा… किरण कँडेल सुरज कुमार थापा

सर्वोत्कृष्ट गीत
क्र.सं गीतको वोल गायक/गायिका
१. माया लुकी लुकी… टिका प्रसाई
२. मन मगन… दिपक बज्राचार्य
३. जानी नजानी… वानिका प्रधान
४. जाऊँला रेलैमा… कमल खत्री
५. नरोऊ तिमी… निखिता थापा

सर्वोत्कृष्ट गायन दोहोरी गीत
क्र.सं गीतको वोल गायक/गायिका
१. रुँदै रुँदै….. मेक्सम खाती/पूर्णकला वि.सी.
२. औँसिया…. विष्णु माझी/सुरेश रमण अधिकारी
३. लाहुरेको छोरीले….. रामजी खाँड/भिमु गुरुङ्ग
४. नौलाइ शुन्ना नब्बे….. रुप कुमार राई/मेनुका राई
५. छिन छिन बज्ने चुरा…. पशुपति शर्मा/सम्झना भण्डारी

सर्वोत्कृष्ट गायन लोक गीत
क्र.सं गीतको वोल गायक/गायिका
१. जोर मादल….. राजु ढुङ्गेल/मेलिना राई
२. दुई रुपिँयाको बिँडी….. सीता थापा
३. चौरीको छुर्पी….. तुलसी पराजुली
४. बोल माया….. शान्ति श्री परियार, प्रकाश सपुत, नारायण रायमाझी
५. मेरो माया छ भने … नारायण रायमाझी/शर्मिला गुरुङ्ग

सर्वोत्कृष्ट लोक गीत संकलन
क्र.सं गीतको वोल संकलक गायक/गायिका
१. दुई रुपिँयाको बिँडी…. आर. के. नेपाली सीता थापा
२. जोर मादल बज्यो….. डि.आर. ‘अटु’/अभय ढुङ्गेल राजु ढुङ्गेल/मेलिना राई
३. बोल माया…. प्रकाश सपुत शान्ति श्री परियार, प्रकाश सपुत, नारायण रायमाझी
४. लैजा रुमाल बैना….. मनोज सिंह धामी पुर्णकला वि.सी./बैकुण्ठ महत
५. पटुकी…. प्रसाद लामिछाने विष्णु माझी/रमेश बाबु थापा

सर्वोत्कृष्ट दोहोरी गीत
क्र.सं गीतको वोल निर्माता गायक/गायिका
१. औँसिया….. देव न्यौपाने विष्णु माझी/सुरेश रमण अधिकारी
२. चाँचर….. रिता थापा मगर सिरिष देवकोटा/रिता थापा मगर
३. रुँदै रुँदै तिम्रो शहर…… नरेश खाती मेक्सम खाती/पुर्णकला वि.सी.
४. छिन छिन बज्ने चुरा….. सम्झना भण्डारी पशुपति शर्मा/सम्झना भण्डारी
५. डाली सुकेर…… प्रकाश पौडेल रामजी खाँड/विष्णु माझी

सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार
क्र.सं गीतको वोल छायाँकार गायक/गायिका
१. खालि खालि… अनिल के मानन्धर राजन तिमल्सीना/बिपिका बस्नेत
२. छट्पटी… उत्सव दाहाल सन्तोष कालिकोटे
३. तिम्रो अँगालोको… अर्जुन तिवारी तारा प्रकाश लिम्बु/मेमोरी लिम्बु लावती
४. तिमीलाई छुँदै… बुद्ध थापा आकांक्षा बस्याल
५. तिम्रो स्पर्श… अमृत सुनुवार प्रतिभा शाह

सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादक
क्र.सं गीतको वोल सम्पादक गायक/गायिका
१. तिमीलाई छुँदै… विकाश धमला आकांक्षा बस्याल
२. भन सानु… प्रविण श्रेष्ठ द ¥याडस्
३. छट्पटी… विकाश दाहाल सन्तोष कालिकोटे
४. भाईरल भईदियो… सविन कार्की मानस राज
५. मन मगन… सुप्रिम पराजुली दिपक बज्राचार्य

सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक
क्र.सं गीतको वोल निर्देशक गायक/गायिका
१. जीवन देखि… युवराज वाईवा विश्व नेपाली
२. डोन्ट किल मि… निशान घिमिरे प्रेगिशा पौडेल
३. तिमीलाई छुँदै… निकेश खड्का आकांक्षा बस्याल
४. कोरेर मेरो चित्र… दिपेश सापकोटा विश्व नेपाली
५. कहिले होला… प्रविण श्रेष्ठ दिपेन के.सी./सुमिना लो

सर्वोत्कृष्ट म्यूजिक भिडियो
क्र.सं गीतको वोल निर्माता गायक/गायिका
१. तारा बाजी लै लै… कपुरी क मोशन पिक्चर्स जुना प्रसाई
२. को होला त्यो… ई एक्स्–डिक्याम मोशन पिक्चर्स सुनिल गिरी
३. छट्पटी… सन्तोष कालिकोटे सन्तोष कालिकोटे
४. तिमीलाई छुँदै… आकांक्षा बस्याल आकांक्षा बस्याल
५. मन मगन… दिपक बज्राचार्य दिपक बज्राचार्य
पब्लिक च्वाइस
क्र.सं गीतको वोल गायक/गायिका/चलचित्र
१. माया लुकी लुकी… टिका प्रसाई
२. पर्ख पर्ख मायालु… मंगलम (चलचित्र )
३. तिमी रोएको पल… ऐश्वर्य (चलचित्र )
४. चरी चट्ट परी… कान्छी (चलचित्र )
५. मन मगन… दिपक बज्राचार्य