इशाको मायामा ‘भौतारिदै’ बिकाश (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक कृष्ण पाण्डेको ‘भौतारिदै’ बोलको गीत सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा इन्जिनियर सागर खरेलको शब्द रहेको छ भने गीतमा गायक स्वयम कै संगीत रहेको छ । चलचित्रमा सहायक निर्देशन गर्दै आएका निर्देशक आशिष नेपालको निर्देशन भिडियो तयार भएको छ । गीतमा बिकाश लामिछाने र इशा नेपाललाइ फिचर गरिएको छ । यस गीतलाई बासु न्यौपानेले छायांकन गरेका हुन भने बिकाश ज्ञवालीले सम्पादन गरेका हुन ।