बन्ने भो हुर्रे केकी अधिकारी पशुपति क्षेत्रभित्र फूल वेच्ने


सेलिब्रेटी नेपाल काठमाडौँ

पटकथाकार बाट निर्देशक बनेका निर्देशक यम थापाको निर्देशनमा बन्ने चलचित्र हुर्रेको औपचारिक घोसणा भएको छ । द याक्का इन्टरटेन्मेन्टको प्रस्तुतीमा चलचित्र ‘हुर्रे’को घोषणा भएको छ । डार्क कमेडी जनराको यो चलचित्रले पशुपति परिसर भित्रको कथालाइ उठान गर्नेछ ।

यो चलचित्रमा अनुप विक्रम शाही, केकी अधिकारी, राजाराम पौडेल, प्रकाश घिमिरे, विजय बराल, अंकित खड्का, संगीता नापित, उपदेश तिमिल्सिना लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । यस अगाडि ‘राज्जा रानी’ नामक चलचित्र निर्देशन गरिसकेका यमको कथा तथा निर्देशन रहने चलचित्र लाइ सोनम लामा र छिरिङ दोर्जे लामाले संयुक्त निर्माण गर्न लागेका हुन् । दावा शेर्पा यो चलचित्रका प्रस्तुतकर्ता हुन् । चलचित्रमा शिव ढकालको छायांकन, कालिप्रसाद बास्कोटा र राजनराज सिवाकोटीको संगीत, राजेन्द्र थापा र कालिप्रसाद बास्कोटाको शब्द, मिलन अमात्य, राजनराज र कालिप्रसादको स्वर रहनेछ । विक्रम स्वार र रोशन भट्टराइको नृत्य निर्देशन, चन्दन दत्तको सम्पादन चलचित्रमा रहनेछ ।

कार्यक्रममा बोल्दै निर्देशक यम थापाले ‘हुर्रे’ पशुपति क्षेत्रभित्र फूल वेच्ने एक यूवतीको कथामा घुम्ने बताए । नायिका केकी अधिकारीको साथमा राजाराम पौडेल र विजय बरालको वरिपरी यो कथा घुम्नेछ । नायिका केकी अधिकारीले चलचित्रको कथावस्तु राम्रो रहेको भन्दै भदौबाट छायांकन सुरु हुने जानकारी दिइन् । उनले, चलचित्रमा हिरो-हिरोइन भन्दा सबै पात्र महत्वपूर्ण रहेको सुनाइन् । कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्षहरुले शुभकामना दिएका थिए । यमले यस अगाडि ‘राज्जा रानी’ नामक चलचित्र निर्देशन गरिसकेका छन् ।