भूतको कथा ‘सुनकेसरी’ ट्रेलर सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नायिका ऋचा शर्मा निर्मित तथा अभिनित चलचित्र ‘सुनकेसरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । हरर चलचित्र ‘सुनकेसरी’ टिमले राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्बजनिक गरिएको हो । ट्रेलर रिलिज कार्यक्रममा अभिनेत्री ऋचाले ‘सुनकेसरी’ लाई स्तरिय हरर चलचित्र बनाएको बताइन् । उनी भन्छिन्, ‘अब सेतो साडी लगाएर दर्शक तर्सिदैनन् । हरेक कुरा नेचुरल हुनु पर्छ । ’

अर्पण थापा निर्देशित चलचित्रमा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो चलचित्र निर्माण गरेकी हुन् । चलचित्रमा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ । सम्पूर्ण छायांकन अष्ट्रेलियामा भएको हो । चलचित्रमा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह-निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी रहेका छन् । जेठ ११ गते प्रदर्शन हुने चलचित्रमा कालीप्रसाद बास्कोटा र विजय अधिकारीको संगीत, रह शर्माको छायांकन र इयान स्कट क्लेमेन्टको सम्पादन रहेको छ ।