घर बेच्न चाहन्छिन् सेलेना गोमेज


सेलिब्रेटी नेपाल काठमाडौँ
selena-gomez 2
अमेरिकी गायिका तथा अभिनेत्री सेलेना गोमेज फोर्ट वर्थ, टेक्सासस्थित आफ्नो घर बेच्न चाहन्छिन् । उनले आफ्नो घरको मूल्य ३० लाख डलर राखेकी छिन् ।
selena-gomez 1
घरमा ५ वटा सुत्नेकाठा र ६ वटा बाथरुम छन् भने १० हजार स्क्वेयर फिट क्षेत्रमा घर फैलिएको छ । घरमा बास्केट बल र टेनिस कोर्ट पनि छ । घरको मुख्य विशेषता इन्डोर र आउटडोर दुवै खाले लिभिङ रुम छन् ।
selena-gomez 3
घरभित्र फ्यान, सोफा तथा टेबलहरु देख्न सकिन्छ । घरभित्र २ वटा किचन छन्, जसमा आधुनिक सुविधाहरु उपलब्ध छन् । घरबाहिर एक पुल र हट–टब उपलब्ध छ । फरक–फरक कोठामा फायर–स्पेस पनि छ ।