हलिउड अभिनेत्री तथा गायिका केरेन ब्ल्याकको निधन


Keren-Black
हलिउड अभिनेत्री तथा गायिका केरेन ब्ल्याकको निधन भएको छ ।क्यालिफोर्नियाको एक अस्पतालमा बिहीबार उनको निधन भएको हो । उनी तीन वर्षदेखि क्यान्सरबाट पीडित थिइन् ।दुई पटक गोल्डेन ग्लोब पुरस्कार जितेकी उनी सन् ७० को दशकमा सक्रिय अभिनेत्री थिइन्। उनी तीनपटक गोल्डेन ग्लोब र एकपटक एकेडेमी अवार्डमा मनोनयनमा परेकी थिइन् ।उनले हलिउडमा ६ दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन्। सन् १९६६ मा ‘यु आर अ बिग ब्वाई नाओ’बाट हलिउडमा प्रवेश गरेकी उनको पछिल्लो चलचित्र ‘इरेन इन टाइम’ थियो।