हलिउड सुन्दरी एन्जोलिना जोली अमेरिकी राष्ट्रपति सम्भावना कति ?


सेलिब्रेटी नेपाल

एजेन्सी: विश्व चर्चित हलिउड अभिनेत्री एन्जोलिना जोलीले राजनीतिमा आउने बताएपछि अमेरिकामा भावी राष्ट्रपतिका रुपमा उनलाई हेरिन थालिएको छ । हालै सार्वजनिक एक अन्तर्वार्तामा उनले आफु राजनीतिमा आउने संकेत गरेकी हुन् । विभिन्न सामाजिक कार्यमा क्रियासिल जोली अमेरिकामा मात्र हैन विश्वभर मन पराइएकी एक अभिनेत्री हुन् । उनले आफ्नो जीवनकालमा अभियन मात्र गरेकी छैनन् ठुला ठुला सामाजिक काम पनि गरेकी छिन् ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगका लागि विशेष दूत समेत रहेकी जोलीले विशेष गरी विश्वभरका असहाय बालकालिकाका पक्षमा काम गर्दै आएकी छिन् । विशेष गरी उनी शरणार्थी बालबालिकाका बिषयमा काम गर्ने गरेकी छिन् । जोलीले शरणार्थी, यौन हिंसा न्यूनिकरण तथा वातावरणीय संरक्षणकाबारेमा वकालत गर्दै आएकी छन् । अमेरिकामा डेमोक्र्याटिक पार्टीसँग नजिक छिन् ।