‘हिउँ झै गोरी’ भन्दै नारायणले सुष्माको गरे तारिफ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक नारायण धितालको स्वर तथा संगितकार चेतन सापकोटाको ‘हिउँ झै गोरी’ बोलको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । एल्बम ‘जय माया प्रेम’ मा समाबेश गीतमा शब्द अर्जुनरत्न भिखारीको रहेको छ । गीतमा संगीत संयोजन महराज थापाले गरेका छन् । उक्त गीतको भिडियोमा संगितकार सापकोटा, शुस्मा अधिकारी र गायक धितालले अभिनय गरेका छन् । युवराज वाइवाले निर्देशन गरेको भिडियोलाई सुदिप वरालले छयाङ्कन तथा निशान घिमिरेले सम्पादन गरेका हुन् ।