‘हिरोज्’ दुइ गीत एकसाथ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘हिरोज्’ मा समाबेश दुई गीत एकसाथ सार्बजनिक गरिएको छ । प्रदर्शनको मिति नजिकीदै जादा निर्माता पुर्णिमा लामाले एकैचोटी दुई गीत सार्वजनीक गरेकी हुन् । चैत्र २३ गते अर्थात् अबको शुक्रबारदेखि प्रदर्शन हुन लागेको ‘हिरोज्’ को सार्वजनीक भएका ती गीत हुन पप्पी देउन र मेहनत आफै गर ।

बुढा सुब्बा डिजिटलको युट्युवमार्फत सार्वजनीक गरिएको पप्पी देउन प्राश्ना शाक्य र टंक बुढाथोकीले गाएका छन् । टंककै शब्द र संगीत रहेको गीतको कोरियोग्राफर कविराज गहतराज हुन् । सो गीतमा पूर्णीमा लामा र संजोग राणाका डान्स छ । त्यसैगरी कविराजले नै कोरियोग्राफी गरेको मेहनत आफै गर बोलको गीतमा भने राजेश पायल राई,जुनु रिजाल,रन्जीत शाहनी र डेबिट शंकरको स्वर छ । बिकास चौधरीले संगीत भरेको यो गीत संजोग राणाले लेखेका हुन् । यो गीतमा करिश्मा मानन्धर, पूर्णीमा लामा, संजोग राणा, ज्याक श्रेष्ठ दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति लगायतलाई प्रस्तुत गरिएको छ ।

सडक बालबालिकाको समस्या, चेलीबेली बेचबिखन,बेरोगजारीलगायत तथा राजनीतिक अस्थितिरतालगायतको बिषयमा निर्माण गरिएको फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल,पूर्णीमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठलगायतले अभिनय गरेका छन् । लक्ष्मी लामाको प्रस्तुत रहेको चलचित्र झण्डै पाच दर्जन हलमा एकसाथ प्रदर्शन हुने निर्मात्री पूर्णीमाले बताएकी छिन् ।