‘हिरोज’ को प्रितिमा करिश्मा र मुकेशको रोमान्स


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको चलचित्र ‘हिरोज’ मा समाबेश यो प्रित बोलको गीत सार्वजनीक भएको छ । चैत्र २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको सो गीतमा करिश्मा मानन्धर र मुकेश ढकाललाई ‘फिचर’ गरिएको छ । प्रल्हाद तिमिल्सिना र प्रबिशा अधिकारीले गाएको गीत शंकर अधिकारी घायलले लेखेका हुन् । बिकास चौधरीले संगीत गरेको गीतको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन् । गीतमा करिश्मा र मुकेशबीचको प्रेमभाव झल्काइएको छ ।

एनबि महर्जनको निर्देशनमा बनेको चलचित्रका सार्वजनीक ट्रेलर र गीत अहिले चर्चामा छन् । एक्शन लभस्टोरी चलचित्रमा बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक बिकृति, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको बताइन्छ । चलचित्रमा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल,संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् । जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा हुन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा छन् । शिब ढकाल र रामशरण उप्रेतीले खिचेको चलचित्र कमल राई, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी रहेको छ ।