पोस्टरमा यस्तो देखियो पुर्णिमाको ‘हिरोज’


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेत्री पुर्णिमा लामाले निर्माण गरेको चलचित्र ‘हिरोज्’को पोष्टर सार्वजनिक गरिएको छ । भिन्न भिन्न तीन डिजाइनमा चलचित्रको पोष्टर सार्वजनिक गरिएको छ । चैत्र २३ गतेबाट प्रदर्शनमा आउने चलचित्रको प्रचार प्रसारलाई ब्यापक बनाउन पोष्टर तयार गरिएका हुन् । पोष्टरमा चलचित्रका मुख्य कलाकार अटाएका छन् । एनबि महर्जनको निर्देशन रहेको चलचित्रको केही दिन पहिले ट्रेलरसहित ४ गीत समेत सार्वजनिक गरेको थियो ।

बेरोजगारीको पीडा, मानव बेचबिखन, समाजीक भेदभाव र न्यायको लागि संघर्षको कथा प्रस्तुत गरेको चलचित्रमा करिश्मा मान्नधर, जयकिसन बस्नेत, पूर्णीमा लामा, संजोग राणाका साथमा कमली वाइवा,मुकेश ढकाल, दिलकृष्ण श्रेष्ठ,सहिन प्रजापति,दिनेश डिसी लगायतले अभिनय रहेको छ ।

शंकर महर्जनको द्धन्द्ध निर्देशन रहेको चलचित्र शिब ढकाल र रामशरण उप्रेतीले खिचेका हुन् । जय लक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज्’को प्रस्तुतकर्ता लक्ष्मी लामा हुन् । चलचित्रको निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा रहेका छन् । चलचित्रमा कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।