नायिकाले नचाईन् कोमल वलीलाई (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
चलचित्र विजयपथ र राजनीतिकि नायिका पवित्रा आचार्य अब निर्देशक बनेकी छिन्। गायिका कोमल वलीको तीज गीत हल्ला भो शिब जी बोलको गीतलाई पवित्राले निर्देशन गरेकी छिन्। विभिन्न कारणले चर्चामा आइ रहने गायिका कोमलको गीतलाई नायिकाले निर्देशन गरेको कारण पनि चर्चामा रहेको छ।
Pabitra-Acharya-komal
निर्देशक पति बसन्त निरौला निर्देशित दुइ चलचित्रमा काम गरेकी यी नायिकाले अन्य कुनै निर्देशक संग काम गरेकी छैनन्। अरु निर्देशकको अफर नपाएर हो वा घर बाहिर काम नगर्ने त्यो त उनी नै जानुन अब नायिका बाट निर्देशक बने पछी चाँही अरु पनि काम गर्ने छिन् भन्ने आशा गरौँ। कोमल वलीको स्वरमा रहेको गीतमा शब्द तथा लय डन्डपानी पाण्डेको रहेको छ दुर्गा पौडेलको छायांकन रहेको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन्। तीज आउन करिब डेढ महिना अघि नै सार्बजनिक यो भिडियो अहिले यु ट्युबमा हिट हुने क्रममा रहेको छ।