हेमराजको पाँचौ चलचित्र ग्याङस्टार ब्लुजको ट्रेलर सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

निर्देशक हेमराज बि.सी.निर्देशित पाँचौ चलचित्र ग्याङस्टार ब्लुजको ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधवार एक कार्यक्रमको आयोजना गरि ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा ग्याङस्टारहरु बिचको द्धन्दलाई देखाईएको छ । साथमा प्रेम र रोमान्स पनि देख्न सकिन्छ । अनन्य फिल्मस र विसि मोशन पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको चलचित्रका निर्माता सरोज न्यौपाने हुन् । शाहिल खानले तयार पारेको ट्रेलर हेरी सकेपछि नायक आशिरमान देशराज र आना शर्माले तारिफ पाएका छन् । यस अघि अनमोल केसीलाई डेब्बु गराएको हेमराज विसिले आशिरमानलाई यहि चलचित्रबाट डेब्बु गराएका हुन् ।

ट्रेलर रिलिज सार्बजनिक कार्यक्रममा चलचित्रको ट्रेलरमा केही असभ्य शब्दहरु राखेको भन्दै केही सञ्चारकर्मीले निर्माण युनिट समक्ष प्रश्न तेर्स्याएका थिए । हेम राज बि.सी.निर्देशित यस अघिका चार चलचित्र मध्ये तिन चलचित्रमा अनमोल के.सी.मुख्य भूमिकामा रहेका थिए र तिनै चलचित्र सफल बनेका थिए । यस चलचित्रमा आशिरमान र आनाको साथमा संयम पुरी, प्रमोद अग्रहरी, अनुपम शर्मा, राम बाबु गुरुङ लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्र आउँदो भदौ २ गतेबाट सार्बजनिक प्रदर्शन हुने बताईएको छ ।