हेमा मालिनीले राजेश खन्ना संगको सम्बन्धको खुलासा गरिन


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
बलिवुडकी चर्चित नायिका हेमा मालिनीले केही समय अगाडि आफ्नै जीवनीमा आधारित ‘ड्रिम गर्ल’ नामक पुस्तक सार्वजनिक गरिन् । उनले पुस्तकमा ७० को दशकका सुपर स्टार राजेश खन्नाको चर्चा गरेकी छन् । हेमा मालिनीले पुस्तकमा तत्कालिन सुपर स्टार राजेश खन्नाले आफूसँग अनौठो व्यवहार गर्ने गरेको खुलासा गरेकी छन् । राजेशको ‘अनप्रोफेसनल’ व्यवहारका कारण दुई जनाबीच बोलचालसमेत बन्द भएको पुस्तकमा लेखेकी छन् ।

हेमा र राजेश खन्नाले सन् १९७१ मा रिलिज भएको ‘अन्दाज’ नामक फिल्ममा एक साथ काम गरेका थिए । त्यो बेला दुई जनाको जोडीलाई दर्शकले अत्यन्तै मन पराएका थिए । ‘मिड डे’ मा प्रकाशित समाचार अनुसार हेमा मालिनीसँग राजेश खन्नाको व्यवहार अत्यन्तै अनौठो थियो । दुई जनाबीचको चिसो सम्बन्धका बावजुदपनि फिल्म निर्माताहरु उनीहरुलाइृ लिएर फिल्म बनाउने प्रस्ताव लिएर आउँथे । केही दिन पछि दुई जनाबीच राम्रो सम्बन्ध नरहेको कुरा केही निर्मातासम्म पुगेको थियो ।

राजेश खन्नाको स्टारडम सफलताको शिखरमा पुगेका बेला उनले आफूलाई होच्याउने गरेको हेमाले पुस्तकमा लेखेकी छन् । कितावका अनुसार राजेशलाई हेमा रिशालु स्वाभावकी अभिनेत्री लाग्थिन् । मनमुटाव चल्दै गरेपनि राजेश र हेमाले एक साथ १३ फिल्ममा अभिनय गरेका थिए । ती हरेक फिल्मले दुबै जनाको उचाई चर्चाको शिखरमा पुर्याएका थिए । बलिवुडमा प्रतिकुल समयको सामना गरिरहेका राजेशको करियर सन् १९७४ मा अभिनेत्री हेमा मालिनीसँग अभिनय गरिएको ‘प्रेम नगर’ नामक फिल्मले एक पटक फेरी उचाईमा पुर्याएको थियो ।