मरेको आत्माले हेम उप्रेतीलाई सताएपछी इन्टरनेटमा खैला बैला ( भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नेपालि सांगीतिक माहोल बिगत केहि समय एता निक्कै फस्टाउदै गएको पाइन्छ । यो हामीले प्रतक्क्ष पनि अनुभब गर्न सक्छौ । दिनाहू दिन हरेक संचार माध्यमा नयाँ नयाँ क्रिएसनका गीत संगीतको समाचार अनि म्युजिक भिडियो हेर्न पढ्न सक्छौ । यस्तै पछिल्लो समय निक्कै चर्चा कमाउदै आएका गायक तथा संगीतकार बिश्व शान्ता राईले आफ्नो सांगीतिक यात्रालाई जोड्दै फेरी स्रोतहरु माझ उनको तेस्रो म्युजिक भिडियो लिएर आएका छन् ।
Biswo-shanta-rai
आधुनिक सांगीतिक क्षेत्रमा लागि परेका राईले गौरब नामक एल्बम यस पटक बजारमा ल्याएका हुन् । जुन एल्बममा “तिमिले हिडेको बाटो बिरानो भो” बोलको गीतलाई म्युजिक भिडियो मार्फत हालै बजारमा ल्याएका हुन् । भनिन्छ जुनसुकै जीवित प्राणि मरेर गए पनि उसको आत्मा भने कहिल्यै मरेको हुदैन । यस्तै कथा बस्तुको सब्द संयोजनलाई आफ्नो कर्णप्रीय स्वर मार्फत राईले प्रस्तुत गरेका छन ।

पछिल्लो लामो समय देखि कलाकारिता क्षेत्रमा आफ्नो पाइला चाली रहनु भएकी (मोडल) लिजा गुरुङले यस भिडियोमा मृत आत्माको उत्कृष्ट अभिनय गरेको देख्न पाइन्छ । मृत आत्माले सताई रहेका हेम उप्रेतीको कला पनि तेती कम्जोर छैन, इजरायलको बिभिन्न रमणीय क्षेत्रमा छायांकन गरिएको म्युजिक भिडियो एउटा सांगीतिक क्षेत्रमा दरिलो इट्टा थपिएकोमा कसैको दुइमत छैन ।

उक्त म्युजिक भिडियोलाई लामो समय देखि इजरायलमा कार्यरत आफ्नो शिरलाई उच्च स्थान सम्म पुर्याउन सफल भएका (इडीटर, क्यामरामेन, डाइरेक्टर, डिजे) बिपिन तामाङले डाइरेक्सन, छायांकन तथा सम्पादन समेत गरेका छन् । गायक राईको कर्णप्रिय स्वरमा सजिएको उक्त गीतमा उकृष्ट सब्द संयोजन राजु बाबु श्रेष्ठको रहेको छ । साथै उक्त सब्द संयोजनलाई सुमधुर संगीतमा प्रस्तुत गर्नमा अहिलेका जल्दा बल्दा युबा संगीतकार हरि लम्सालको राम्रो योगदान रहेको छ । छोटो समयमा दर्जनौ गीतहरु स्रोत माझ पुर्याएर सांगीतिक क्षेत्रमा छुट्टै नाम बनाउन सफल कम्पनि (म्युजिक हाईलाइट)ले यस गीतको प्रबर्धन तथा बजार ब्यबस्थापनको जिम्मा लिएको छ ।