मेलबर्नबाट पहिलो नेपाली अनलाइन टिभी हेल्लो अष्ट्रेलिया सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
अन लाइनको लोक प्रियता र इन्टरनेटको सहजता संगै अन लाइन साइट तथा अन लाइन टेलिभिजन हरु खुल्ने क्रम बढेको छ । यसै क्रममा भिडियोग्राफी र निर्देशनमा लामो समयदेखि कार्य गर्दै आएका जीवन रसाइली र रेडियो संचारकर्मी रहिसकेका बुद्धिमान गुरुङको संयुक्त प्रयासमा हेल्लो अष्स्ट्रेलिया अनलाइन टेलिभिजन शुरु भएको छ । मेलबर्नबाट प्रसारण हुने नेपाली अनलाइन टिभी हेल्लो अष्ट्रेलियाको पहिलो कार्यक्रम मेलबर्न एक्सप्रेस सार्वजनिक भएको छ ।
melborn-express
कार्यक्रममा समसामयिक विषयवस्तुहरुमा पब्लिक माझ गएर उनीहरुको विचार र धारणा बुझ्ने प्रयास गरिनुका साथसाथै मेलबर्नमा बसोबास गर्दै आएका नेपाली समुदायको कला, भाषा, खाना, संगीत, कार्यक्रम र जीवनशैलीलाई प्रबद्र्धन गरिने बताइएको छ । मेलबर्न एक्सप्रेसको प्रस्तोताका रुपमा समेत बुद्धिमान गुरुङ आफैं देखिनेछन् । आइभीएम प्रडक्सनको निर्माणमा शुरु हुने अनलाइन टिभीमा सुरुमा एउटा मात्र कार्यक्रम प्रसारण भए पनि क्रमशः थप्दै जाने योजना रहेको निर्देशक जीवनले बताए ।