‘ह्याप्पी न्यु ईयर’ ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘ह्याप्पी न्यु ईयर’को ट्रेलर सार्बजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । देवकुमार श्रेष्ठ निर्देशित यो चलचित्र अंग्रेजी नयाँ वर्ष २०१८ को अवसर पारेर पुष १४ गते (२९ डिसेम्बर)मा रिलिज हुनेछ । अस्ट्रेलियामा सम्पूर्ण छायांकन गरिएको यो चलचित्रमा नयाँ वर्षको माहोलमा घटेको एक घटना लाइ प्रस्तुत गरिएको छ । आरके एम प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रमा रती थापाको लगानी रहेको छ भने, एप्पल इन्टरटेनमेन्टका मनोज अधिकारी लाइन प्रोड्युसरका रुपमा रहेका छन् ।

लभस्टोरी जनराको यो चलचित्रमा कुशल थापा, पुकार गौतम, संध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ । चलचित्रमा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायाँकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ ।