अस्ट्रेलियामा छायांकन गरिएको ह्याप्पी न्यु इयर टिजर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘ह्याप्पी न्यु इयर’ को टिजर सार्वजनिक गरिएको छ । नयाँ वर्षको माहोलमा घटेको एक घटनालाई कथाबस्तु बनाएको ‘ह्याप्पी न्यु इयर’ ले प्रदर्शन मिति सार्बजनिक गर्दै टिजर पनि सार्वजनिक गरेको हो ।

सम्पूर्ण छायांकन अस्ट्रेलियामा गरिएको यो चलचित्र अंग्रेजी नयाँ वर्ष २०१८ को अवसर पारेर पुष १४ गते (२९ डिसेम्बर)मा प्रदर्शन हुनेछ । लभस्टोरी जनराको चलचित्रमा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय रहेको छ । देवकुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रमा अस्ट्रेलियन छायांकार बेन्जामिन ड्रेको छायांकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत तथा कुशल थापाको कथा रहेको छ ।