‘ह्याप्पी न्यू इयर’ रोमान्टिक गीत रिलिज (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

आउने शुक्रबार बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘ह्याप्पी न्यू इयर’ को ‘तिमी नै मेरो’ बोलको गीत रिलिज गरिएको छ । युट्युव च्यानल मार्फत चलचित्रको रोमान्टिक गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा टंक बुढाथोकी र मेलिना राईको स्वर समावेश छ । गायक टंक स्वयमको यस गीतमा शब्द तथा संगीत रहेको छ । डिकेशको नृत्य निर्देशन रहेको यो गीतमा कुशल थापा र सन्ध्या केसी फिचर छन् । सार्वजनिक गीत अस्ट्रेलियाको मनोरम दृश्यमा सुट गरिएको हो ।

केही दिन पहिले मात्र चलचित्र निर्माण यूनिट मोफसलको प्रमोशनल टुर सकेर राजधानी फर्केको छ । नयाँ वर्षलाई लक्षित गर्दै पौष १४ गते चलचित्रले प्रदर्शन आरम्भ गर्दैछ । न्यू इयर इभ देखि रिलिज हुने यस चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा कुशल थापा, सन्ध्या केसी र पुकार गौतमको मुख्य भूमिका रहेको छ । चलचित्रलाई रति थापाले निर्माण गरेकी हुन् ।