लण्डनमा ह्याप्पी डेज प्रिमियर


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपालमा माघ १२ गते प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘ह्याप्पी डेज’को लन्डन प्रिमियर सम्पन्न भएको छ । एल्डरसटस्थित प्रिन्सेस हलमा आयोजित रेड कार्पेट प्रिमियरमा अभिनेत्री प्रियंका कार्की दिया पुन, अभिनेता धिरेन शाक्य, प्रदीप खड्का र निर्देशक मिलन चाम्स आकर्षणको केन्द्र बनेका थिए ।

प्रियंका, दयाहाङ राई, संजय गुप्ता, विक्की जोशी अभिनित चलचित्रले नेपाल र बेलायतको कथालाई प्रस्तुत गरेको छ । प्रिमियरमा दर्शकले सिनेमा रुचाएको निर्देशक चाम्सले बताए ।

साढे २ करोडको बजेटमा निर्माण भएको चलचित्रमा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् । चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित चलचित्रमा दयाहाङ, प्रियंका र संजयका अलावा विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स,गिरिराज घिमिरे र जेन बकलको मुख्य भूमिका रहेको छ ।