हमाल र डिसी ओलीको भारत भ्रमण टोलीमा


सेलिब्रेटी नेपाल काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण टोलीमा दुई नेपाली कलाकार पनि सहभागी हुने भएका छन् । चैत २३ गते भारत भ्रमणमा निस्कन लागेका ओलीको भ्रमणमा अभिनेता राजेश हमाल र निर्देशक तथा कलाकार दिनेश डिसीलाई प्रधानमन्त्री ओलीले आफ्नो राजकिय भ्रमणमा सहभागी गराउने भएका छन् । प्रधानमन्त्री कार्यालय बालुवाटारबाट यसको औपचारिक पुष्टि भएको छ । केही दिन अगाडि राजधानीमा आयोजित ‘दोस्रो फान अवार्ड’ मा ओलीले पहिलो पटक प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली कलाकारलाई सहभागी गराउने उद्घोष गरेका थिए ।

भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउडका चर्चित कलाकारसँग चैत २४ गते डिनर गर्ने कार्यक्रम समेत तय भएको छ । उनले त्यहाँ नेपालमा सुटिङमा आउनका लागि भारतीय कलाकारलाई आग्रह गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्न लागेका हुन् ।